चर्चामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको एउटा विवादित अडियो सार्वजनिक भएसँगै उनको विगतको विवादित पृष्ठभूमिलाई लिएर राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। महिलालाई अश्लील गालीगलौज र धम्की दिएको भनिएको अडियो भाइरल भएपछि सुनारसँग निकट सम्बन्धमा रहेकी बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा कांग्रेसी नेतृ कल्पना नेपालीमाथि भएका विगतका कुटपिटका घटनाहरू पुनः सतहमा आएका हुन्।
तरुण दलदेखि मन्त्रालयसम्मको सम्बन्ध र विवाद
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलमा आबद्ध रहँदा खगेन्द्र सुनार र नुवाकोटबाट कांग्रेसको समानुपातिक कोटामा बागमती प्रदेशसभा सदस्य बनेकी कल्पना नेपालीबीच निकट सम्बन्ध गाँसिएको थियो। २०७८ पुस ९ गते तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रिपरिषद् विस्तार हुँदा उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्। तर, राज्यमन्त्री पदमै छँदा उनीहरूबीच लेनदेन र चरित्रको विषयलाई लिएर विवाद सुरु भएको थियो।
सीतापाइला र सौराहामा शृङ्खलाबद्ध कुटपिट
काठमाडौँको सीतापाइलास्थित शरणपुर निवासमा लेनदेनसम्बन्धी विवाद चर्किएपछि सुनारले राज्यमन्त्री नेपालीमाथि कुटपिट गरेको आरोप छ। उहाँको सुरक्षामा खटिएकी महिला प्रहरीले प्रहरी प्रधान कार्यालयमा खबर गरेपछि प्रहरी वृत्त स्वयम्भूले सुनारलाई नियन्त्रणमा लिएको थियो। घाइते अवस्थाकी नेतृ आफैं प्रहरी कार्यालय पुगेर छाडिदिन आग्रह गरेपछि र दुवै पक्षबीच मिलापत्र भएपछि सुनार भोलिपल्टै रिहा भएका थिए।
सीतापाइलाको घटना सेलाउन नपाउँदै चितवनको सौराहामा पनि सुनारले ती नेतृमाथि पुनः कुटपिट गरेको आरोप छ। कुटपिटका कारण अनुहार सुन्निएपछि उनी एक सातासम्म मन्त्रालयसमेत जान नसकेको बताइएको छ।
'एआई' को दाबी र रास्वपाको आन्तरिक छानबिन
अडियो प्रकरणपछि चौतर्फी घेराबन्दीमा परेका सांसद खगेन्द्र सुनारले भने उक्त अडियो आफ्नो नभएको र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी चरित्र हत्या गर्न बनाइएको दाबी गर्दै आएका छन्। यता, विवाद चर्किएपछि रास्वपाले भने उक्त घटनाबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!