चर्चामा
काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउँदै सुरक्षा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँदिल्लीमा मंगलबार भएको बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनमा सहकार्य बढाउने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
गृहमन्त्री गुरुङले नेपालमा आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए। उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा व्यावहारिक सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
यसैबीच, बिमस्टेक बैठकले मानव बेचबिखन, लागुऔषध तस्करी, आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी तथा अवैध वित्तीय कारोबार नियन्त्रणका लागि विभिन्न सम्झौता र कार्ययोजना स्वीकृत गरेको छ। प्राकृतिक विपद्को पूर्वतयारी र क्षेत्रीय सुरक्षा सहकार्यलाई पनि प्राथमिकता दिइएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!