चर्चामा
काठमाडौं । साउदी अरबमाथि भएका पछिल्ला आक्रमण र मध्यपूर्वमा बढ्दो तनावले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ। आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको बताएकी छन्। साउदी अरब ऊर्जा आपूर्ति र क्षेत्रीय अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएकाले त्यहाँको अस्थिरताले अन्य मुलुकमा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ।
आईएमएफले सन् २०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत रहने अनुमान गरेको छ। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानीले आर्थिक गतिविधि विस्तार गर्न सहयोग गरे पनि महँगो ऊर्जाका कारण न्यून आय भएका मुलुक बढी प्रभावित हुने कोषले जनाएको छ।
त्यस्तै, बढ्दो सार्वजनिक ऋण र ब्याजदरप्रति चिन्ता व्यक्त गर्दै आईएमएफले सरकारहरूलाई राजस्व वृद्धि, खर्च व्यवस्थापन र वित्तीय सुधारमा ध्यान दिन आग्रह गरेको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!