दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ७८ हजारभन्दा बढी यात्रु बाहिरिए

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ७८ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाबाट ७८ हजार १३८ जना यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत एक लाख ८७ हजार ७७४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँ मनाउन विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख नाकामा चहलपहल बढेको छ।

यता, बिग्रिएका राजमार्गका कारण सवारीसाधन सञ्चालन र यात्रु व्यवस्थापनमा समस्या भइरहेको यातायात व्यवसायीले बताएका छन्। हालसम्म दसैँका लागि एक लाख ३० हजार १२९ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्।

यातायात व्यवसायीले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP