कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घर भई काठमाडौंको खसी बजारमा बस्दै आएका रोशन पाख्रिन छन्। उनको हत्या गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय रूपेश पाख्रिनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।

कलङ्कीस्थित काठमाडौं महानगरपालिका-१४ मा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP