कांग्रेस महिला खुलामा वासनाको दबदबा, ५ हजारभन्दा बढी मतसहित पहिलो; १५ जना निर्वाचित

कांग्रेस महिला खुलामा वासनाको दबदबा, ५ हजारभन्दा बढी मतसहित पहिलो; १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचनमा वासना थापाले सर्वाधिक मतसहित बाजी मारेकी छन्। ३६ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा थापा ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। थापापछि उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा रहेकी छन्।

त्यस्तै, कुसुमदेवी थापाले ३ हजार २५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गर्दा धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा निर्वाचित भएकी छन्।

महिला खुलातर्फ निर्वाचित हुने अन्य उम्मेदवारमा विनीता खड्का, अनिता देवकोटा, रिता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्।

मतपरिणामअनुसार विनीता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रिता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छन्।

यसैगरी, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रिता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यको मतगणना गरिएको हो। महिला खुलातर्फको परिणामसँगै पार्टीको केन्द्रीय समितिमा १५ जना महिला नेतृ निर्वाचित भएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP