श्रीमान् विदेशबाट फर्किएको भोलिपल्टै हराएका आमा-छोरा तामाकोशी किनारमा मृत फेला

श्रीमान् विदेशबाट फर्किएको भोलिपल्टै हराएका आमा-छोरा तामाकोशी किनारमा मृत फेला

दोलखा । दोलखाको तामाकोशी नदी किनारमा आमा र छोरा मृत फेला परेका छन्। श्रीमान् विदेशबाट फर्किएको भोलिपल्टदेखि सम्पर्कविहीन भएका अन्दाजी ३० वर्षीया आश्मा बस्नेत खड्का र उनका करिब १० वर्षीय छोरा आदित्य खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्। स्थानीयका अनुसार आश्माका श्रीमान् दिनेश खड्का असोज २२ गते विदेशबाट नेपाल फर्किएका थिए। सोही दिन आमा-छोरा उनीसँगै होटलमा बसेको र असोज २३ गते बिहानदेखि सम्पर्कविहीन भएको बताइएको छ। आश्माको घर मेलुङ गाउँपालिका-१, पवटी र माइती शैलुङ गाउँपालिका-८, पोखरे रहेको जनाइएको छ।

घटनापछि आमा-छोराको मृत्युको कारणबारे रहस्य उत्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले परिवारका सदस्यबाट शवको औपचारिक सनाखत हुन बाँकी रहेको जनाएको छ। घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP