चितवनमा ९ महिनामा थपिए ८० एचआईभी सङ्क्रमित, १ हजार २९३ जना उपचारमा

चितवनमा ९ महिनामा थपिए ८० एचआईभी सङ्क्रमित, १ हजार २९३ जना उपचारमा

चितवन । चितवनमा सन् २०२६ को जनवरीदेखि हालसम्म ८० जना नयाँ एचआईभी सङ्क्रमित फेला परेका छन्। जोखिममा रहेका समूहका व्यक्तिमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।

भरतपुर अस्पतालस्थित एड्स हेल्थ फाउन्डेसनले यस अवधिमा २२३ जनाको परीक्षण गर्दा ८० जनामा एचआईभी सङ्क्रमण देखिएको जनाएको छ। नयाँ सङ्क्रमितसहित ९१ जना बिरामीले एचआईभीविरुद्धको औषधि सेवन सुरु गरेका छन्। तीमध्ये ११ जना अन्य जिल्लाबाट आएका हुन्।

फाउन्डेसनका अनुसार हाल त्यहाँबाट एआरटी औषधि सेवन गर्नेको सङ्ख्या १ हजार २९३ पुगेको छ। अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार १ हजार १६१ जनाको यौन रोग परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण देखिएको छ। उनीहरूको उपचार गरिएको उनले जानकारी दिए। सरकारी तवरबाट कन्डम उपलब्ध हुन नसक्दा असुरक्षित यौन सम्पर्क गर्ने केही समूहमा यौन रोग तथा भिरिङ्गीको समस्या देखिएको उनको भनाइ छ।

यसैगरी, एचआईभी सङ्क्रमितमध्ये क्षयरोगको जोखिम पनि देखिएको छ। १४८ जनाको खकार परीक्षण गर्दा १५ जनामा क्षयरोग पुष्टि भएको फाउन्डेसनले जनाएको छ। नियमित औषधि सेवन गरिरहेका तीन जना भने औषधि लिन छाडेपछि सम्पर्कविहीन भएका छन्।

फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार औषधि लिन आउने गरिब, वृद्धवृद्धा तथा एकल महिलासहित १ हजार २११ जनालाई यातायात, प्रयोगशाला परीक्षण, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग गरिएको छ।

स्वास्थ्यकर्मीहरूले एचआईभी सङ्क्रमण नियन्त्रण तथा स्वास्थ्य अवस्था सुधारका लागि नियमित औषधि सेवन र समयमै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP