चर्चामा
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कमा भएको निर्वाचनमा नेपालले खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट सबैभन्दा बढी मत पाएको हो।
नेपाल सन् २०२७ देखि २०२९ सम्मको तीनवर्षे कार्यकालका लागि निर्वाचित भएको हो। नयाँ कार्यकाल २०२७ जनवरी १ देखि सुरु हुनेछ। यो नेपालको परिषद् सदस्यतामा तेस्रो पटक हो।
नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ सम्म लगातार दुई कार्यकाल सदस्य रहिसकेको छ। परिषदमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!