चर्चामा
बूढानीलकण्ठ नगरपालिका । क्षयरोग अर्थात् टीबी एक संक्रामक रोग हो, जुन मुख्यतः संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने जीवाणु हावामार्फत सर्दछ। लामो समयसम्म खोकी लागिरहनु, साँझपख ज्वरो आउनु, तौल घट्नु, भोक कम लाग्नु, राति पसिना आउनु, छाती दुख्नु तथा खकारमा रगत देखिनु यसका प्रमुख लक्षण हुन्।
यस्ता लक्षण देखिएमा लाज वा हिचकिचाहट नगरी समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। क्षयरोग पहिचान भएपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा निको हुन सक्ने रोग हो।
नागरिकलाई क्षयरोगबारे सचेत गराउने, समयमै परीक्षण तथा उपचारका लागि प्रेरित गर्ने र स्वास्थ्य सेवामा पहुँच बढाउने काममा बुढानीलकण्ठ नगरपालिका निरन्तर सक्रिय रहँदै आएको छ। नगर प्रमुख मिठाराम अधिकारीको पहल प्रमुक प्रशासकिय अधिकृत अजय बर्तौला तथा जन स्वास्थ्य शाखा लामो समय खोकी लागे बेवास्ता नगरौँ, लाज नमानी परीक्षण गरौँ-समयमै उपचार गरौँ र आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!