१०९ सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड लगानी गर्दै सरकार

१०९ सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड लगानी गर्दै सरकार

काठमाडौं । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सरकारले ६ अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

शिक्षा मन्त्रालयका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गरिरहेका देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकास योजना अघि बढाइएको हो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।

प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। यसले विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने सरकारको अपेक्षा छ।

मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका विद्यालयमा पूर्वाधार सुधार सुरु गरिएको बताउँदै आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना समान रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP