चर्चामा
काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-४ बाट हवाई फायर गरेर पक्राउ परेका ४१ वर्षीय बासुर्दिन मियाँ खैरो हेरोइन कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-३१ घर भएका मियाँलाई मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो। शंकास्पद अवस्थामा भेटिएका उनलाई जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको ब्यूरोका एसएसपी सुवास बोहराले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मियाँले पछिल्लो तीन महिनामा भारतको रक्सौलबाट पाँचदेखि छ पटक काठमाडौंमा खैरो हेरोइन ल्याएको खुलेको छ। उनको साथबाट प्रहरीले ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
मियाँविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधको परिमाणका आधारमा उनलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा उल्लेख छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!