चार महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन

चार महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन

गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने तालिका बनाएको छ। मंगलबार काठमाडौँबाट १३ यात्रु लिएर विमान रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो भने गुल्मीबाट दुई यात्रु लिएर काठमाडौँ फर्किएको थियो।

विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान प्रभावित हुँदै आएको थियो। निगमले आइतबार र मंगलबार काठमाडौँबाट बिहान ७ः१५ बजे तथा शुक्रबार बिहान ६ः२० बजे रेसुङ्गाका लागि उडान गर्नेछ। रेसुङ्गाबाट काठमाडौँका लागि क्रमशः बिहान ८ः१५ र ७ः२० बजे उडान हुने तालिका छ।

काठमाडौँ-गुल्मी हवाई भाडा १० हजार ७१० रुपैयाँ र गुल्मी-काठमाडौँ भाडा १० हजार ५१० रुपैयाँ निर्धारण गरिएको छ। हवाई सेवा पुनः सञ्चालनमा आएसँगै बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। सडकमार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टा लाग्ने यस क्षेत्रबाट हवाई यात्रामार्फत करिब ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सकिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP