तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँको भिमाद नगरपालिका-५ शीतलमार्गस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८:५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३-००१ प १०६७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा लगिएको थियो। उपचारकै क्रममा बिहान ९:५६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP