दसैँमा घर जानेहरूका लागि खुसीको खबर : अधिकांश प्रमुख राजमार्ग खुला

दसैँमा घर जानेहरूका लागि खुसीको खबर : अधिकांश प्रमुख राजमार्ग खुला

दसैँमा घर जानेहरूका लागि खुसीको खबर : अधिकांश प्रमुख राजमार्ग खुला
काठमाडौं । दसैँ मनाउन घर जाने यात्रुका लागि खुसीको खबर छ। बिहान ११:३० बजेको अपडेटअनुसार काठमाडौं-गजुरी-मुग्लिङ, काठमाडौं-कुलेखानी-हेटौँडा, मुग्लिङ-नारायणगढलगायत देशका अधिकांश प्रमुख राजमार्ग सञ्चालनमा रहेका छन्।
खुला रहेका प्रमुख सडकखण्डहरू :
काठमाडौं-गजुरी-मुग्लिङ
काठमाडौं-कुलेखानी-हेटौँडा
मुग्लिङ-नारायणगढ
मुग्लिङ-पोखरा-बागलुङ
नारायणगढ-बुटवल
बुटवल-पाल्पा
बुटवल-नेपालगञ्ज
नेपालगञ्ज-धनगढी
कोहलपुर-सुर्खेत
हेटौँडा-पथलैया-जनकपुर
पथलैया-सिमरा-वीरगञ्ज
बर्दिबास-कोशी ब्यारेज-इटहरी
विराटनगर-इटहरी-धरान
इटहरी-दमक-काँकडभिट्टा
यात्रा गर्नुअघि ध्यान दिनुहोस् : सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि पछिल्लो अपडेट लिनुहोस्। ट्राफिक प्रहरीको सहायता लिन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिन्छ।
नोट: यो विवरण बिहान ११:३० बजेको उपलब्ध अपडेटमा आधारित छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP