चर्चामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताएका छन्।
एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन्। उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि छानबिन अघि बढाउँदै औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सुनारले आफू जनताले उठाएका प्रश्नको जवाफ दिन तयार रहेको र आवश्यक परे पार्टी तथा सांसद पदबाट निलम्बन भए पनि स्वीकार गर्ने बताएका छन्।
यद्यपि, उनले सार्वजनिक अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। प्रविधि वा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आफूलाई फसाउन खोजिएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन्।
बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सुनारले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनबमोजिमका परिणाम भोग्न तयार रहेको बताएका छन्।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!