जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्राथमिकतामा आर्थिक कूटनीति र श्रम सम्झौता

जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्राथमिकतामा आर्थिक कूटनीति र श्रम सम्झौता

काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले संयुक्त राष्ट्रसङ्घमा करिब २१ वर्ष काम गरेको अनुभवलाई नेपालको हित र समृद्धिका लागि उपयोग गर्ने बताइन्।

जोशीले नेपाल र जर्मनीबीचको श्रम सम्झौता तथा कन्सुलर सेवालाई प्रभावकारी बनाउने, दक्ष जनशक्ति पठाउने र निजी क्षेत्रसँग समन्वय गरी रोजगारीका अवसर विस्तार गर्ने योजना सुनाइन्।

त्यस्तै, पर्यटन प्रवर्द्धन, जडीबुटीजन्य उत्पादनको निर्यातका लागि आवश्यक परीक्षण तथा प्रमाणीकरण, युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय तथा जर्मनीमा रहेका नेपालीको सीप र सञ्जाललाई नेपालको विकाससँग जोड्ने उनको प्रतिबद्धता छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP