क्षेप्यास्त्रको त्रासबीच रोनाल्डोको गोल, अल नासरको शानदार जित

क्षेप्यास्त्रको त्रासबीच रोनाल्डोको गोल, अल नासरको शानदार जित

रियाद । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि साउदी अरबको क्लब अल नासरले उज्बेकिस्तानको नेफ्ची फरगानालाई ३-१ गोलले पराजित गरेको छ।

रियादस्थित अल अव्वल पार्कमा भएको खेल सुरक्षा सतर्कताका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। रियादमा क्षेप्यास्त्र आक्रमणको आशंकाबीच सुरक्षा व्यवस्था कडा पारिएको थियो।

खेलमा एन्जेलोले ३३औँ मिनेटमा अल नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि रोनाल्डोले ४२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा नेफ्ची फरगानाले एक गोल फर्काए पनि अल नासरले खेलमा आफ्नो पकड कायम राख्यो। विपक्षी टोलीका खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अल नासरलाई थप सहज भएको थियो।

खेलको ७८औँ मिनेटमा विपक्षी खेलाडीको आत्मघाती गोल भएपछि अल नासरले ३-१ को जित सुनिश्चित गर्‍यो। यस जितसँगै टोलीले प्रतियोगितामा आफ्नो प्रदर्शनलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP