दसैँका लागि पोखरा आइपुग्न थाले हिमाली च्याङ्ग्रा, १३ हजार ल्याउने लक्ष्य

दसैँका लागि पोखरा आइपुग्न थाले हिमाली च्याङ्ग्रा, १३ हजार ल्याउने लक्ष्य

पोखरा । बडादसैँ नजिकिएसँगै पोखरामा हिमाली च्याङ्ग्रा भित्रिन थालेका छन्। दसैँमा च्याङ्ग्राको मासु खाने परम्पराका कारण पोखराको याम्दी बजारमा च्याङ्ग्रा किन्ने र हेर्न जाने सर्वसाधारणको चहलपहल बढेको छ।

यस वर्ष मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पा र दार्चुलाबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ल्याउने लक्ष्य राखिएको छ। हिमाली खर्कमा हुर्काइएका च्याङ्ग्रा दसैँका बेला पोखरासहित विभिन्न बजारमा बिक्री हुने गर्छन्।

यसपटक च्याङ्ग्रा पोखरा ल्याउन भने बाढीपहिरोका कारण समस्या भएको छ। कालीगण्डकी करिडोरमा आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा व्यापारी तथा गोठालाले कठिन यात्रा गर्नुपरेको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङसमेत आफ्नै गोठ र किसानका च्याङ्ग्रा लिएर पोखराको याम्दी बजार पुगेका छन्। उनले किसानले उत्पादन गरेको च्याङ्ग्राको उचित मूल्य किसान आफैँले पाउनुपर्नेमा जोड दिएका छन्।

यसअघि सडक किनार र खुला चौरमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर तथा ट्राफिक जामको समस्या हुने गरेको थियो। यस वर्ष भने याम्दीमा च्याङ्ग्रा व्यवस्थापनका लागि ५० भन्दा बढी व्यवस्थित खोर निर्माण गरिएका छन्। खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था गर्नुका साथै वास्तविक तौलका आधारमा कारोबार गर्न डिजिटल तौल काँटासमेत राखिएको छ।

व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाका अनुसार अहिलेसम्म १० हजारभन्दा बढी भेडा-च्याङ्ग्रा पोखरा आइपुगेका छन्। निजी जग्गासमेत प्रयोग गरेर ४० भन्दा बढी खोर बनाइएको उनले बताएका छन्।

दसैँका लागि च्याङ्ग्रा किन्न आएका उपभोक्ताले हिमाली क्षेत्रमा हुर्काइएका च्याङ्ग्रा स्वाद र गुणस्तरका हिसाबले विशेष मानिने भएकाले केही महँगो भए पनि खरिद गर्ने गरेको बताएका छन्। च्याङ्ग्राको आगमनसँगै पोखरामा दसैँको रौनक थपिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP