चर्चामा
काठमाडौं, २६ असोज । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।
उद्धारका लागि सेनाले चारवटा हेलिकोप्टर र स्थलमार्गबाट सैनिक टोली परिचालन गरेको छ। अन्य सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि सडक सम्पर्क अवरुद्ध भएको छ। उक्त क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न बेलिब्रिज जडानको तयारी भइरहेको र सेनाको इन्जिनियरिङ टोली खटिएको जनाइएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!