आईएमएफद्वारा नेपालको आर्थिक वृद्धि प्रक्षेपण घटाइयो, ३.७ प्रतिशतमा सीमित हुने अनुमान

आईएमएफद्वारा नेपालको आर्थिक वृद्धि प्रक्षेपण घटाइयो, ३.७ प्रतिशतमा सीमित हुने अनुमान

काठमाडौ ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धि दर अपेक्षाभन्दा कमजोर रहने प्रक्षेपण गरेको छ। आईएमएफका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

आईएमएफले यसअघि गत अप्रिलमा सन् २०२७ का लागि नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। तर पछिल्लो प्रक्षेपणमा त्यसलाई घटाएर ३ दशमलव ६ प्रतिशतमा झारेको छ।

त्यस्तै, आईएमएफले सन् २०२७ मा नेपालको मूल्यवृद्धि ५ दशमलव ८ प्रतिशत पुग्ने अनुमान गरेको छ। यसैबीच, सन् २०२६ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत रहने प्रक्षेपणसमेत आईएमएफले गरेको छ।

आईएमएफको पछिल्लो प्रक्षेपणले नेपालको आर्थिक वृद्धि सुस्त रहने र मूल्यवृद्धिको दबाब कायम रहने संकेत गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP