७० वर्षमा पहिलो प्रमाणपत्र, सिन्धुलीका ५६ महिला किसान दीक्षित

७० वर्षमा पहिलो प्रमाणपत्र, सिन्धुलीका ५६ महिला किसान दीक्षित

सिन्धुलीका ५६ महिला दुग्ध किसानले चार वर्षे तालिम पूरा गरी दीक्षान्त प्रमाणपत्र प्राप्त गरेका छन्। हेफर र कोइकाको सहयोगमा सञ्चालित किसान पाठशालामा उनीहरूले आधुनिक गाईपालन, पशु हेरचाह, नश्ल सुधार र आर्थिक व्यवस्थापनसम्बन्धी ४८ वटा कक्षा पूरा गरेका हुन्।

दीक्षित हुनेमध्ये ७० वर्षीया कमला सुवेदी पनि छिन्। विद्यालय नगएकी उनले जीवनमै पहिलोपटक प्रमाणपत्र प्राप्त गरेकी हुन्।दक्षिण कोरियाको सहयोगमा सञ्चालित नमुना दुग्ध गाउँ परियोजनाले सिन्धुलीमा दूध उत्पादन र किसानको आम्दानी बढाउने लक्ष्य राखेको छ। परियोजनाले आगामी दुई वर्षभित्र कमलामाईको दैनिक दूध उत्पादन पाँच हजारबाट बढाएर १० हजार लिटर पुर्‍याउने लक्ष्य लिएको छ।

यी महिला किसानका लागि प्रमाणपत्र केवल सम्मान होइन, आत्मविश्वास, आर्थिक आत्मनिर्भरता र उज्ज्वल भविष्यतर्फको नयाँ सुरुवात बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP