उडिरहेको इन्डिगो विमानमा पावर बैंकमा आगलागी, हैदराबादमा गरियो अवतरण

उडिरहेको इन्डिगो विमानमा पावर बैंकमा आगलागी, हैदराबादमा गरियो अवतरण

काठमाडौँ । भारतको दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबादमा अवतरण गराइएको छ।

आइतबार उडान नम्बर 6E 6115 मा आकाशमै रहेका बेला एक यात्रुको पावर बैंकमा आगो लागेको थियो। घटनापछि चालक दलका सदस्यहरूले तत्काल आगो निभाएका थिए। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पाइलटले विमानलाई गन्तव्यमा लैजानुको सट्टा हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने निर्णय गरेका थिए।

इन्डिगोका अनुसार घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्य घाइते भएका छैनन्। विमानमा सवार सबै जना सुरक्षित रहेका छन्।

एयरलाइन्सले यात्रुहरूलाई चेन्नईसम्म पुर्‍याउन अर्को विमानको व्यवस्था गरेको जनाएको छ। घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP