'शुल्क तिर्न नसक्ने विद्यार्थी सरकारी स्कुलमा पढाऔँ, तिर्न सक्ने निजीमा' : कृष्ण अधिकारी

'शुल्क तिर्न नसक्ने विद्यार्थी सरकारी स्कुलमा पढाऔँ, तिर्न सक्ने निजीमा' : कृष्ण अधिकारी

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले शुल्क तिर्न नसक्ने विद्यार्थीलाई सरकारी विद्यालयमा र शुल्क तिर्न सक्ने विद्यार्थीलाई निजी विद्यालयमा पढाउनुपर्ने बताएका छन्।

उनले निजी विद्यालय नाफा कमाउने उद्देश्यले नभई सञ्चालन खर्च जुटाएर शैक्षिक सेवा प्रदान गर्न खोलिएको तर्क गर्दै भनेका छन्, 'शुल्क तिर्न नसक्ने गरिब विद्यार्थी नेपाल सरकारको सरकारी स्कुलमै पढाऔँ, तिर्न सक्ने हाम्रा स्कुलमा पढाऔँ। जोगी हुन हामीले स्कुल खोलेका होइनौँ।'

अधिकारीको यो अभिव्यक्तिले निजी विद्यालयको शुल्क, शिक्षा क्षेत्रमा समान पहुँच र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शिक्षाको अधिकारबारे बहस सिर्जना गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP