उदयपुरमा १ हजार ४० केजीभन्दा बढी गाँजा बरामद, बोलेरोसहित युवक पक्राउ

उदयपुरमा १ हजार ४० केजीभन्दा बढी गाँजा बरामद, बोलेरोसहित युवक पक्राउ

उदयपुर । उदयपुरमा प्रहरीले एकै अवधिमा एक हजार ४० केजीभन्दा बढी गाँजा बरामद गरेको छ। प्रहरीले ९४० केजी ४४० ग्राम गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ भने थप १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान करिब २ बजे चौदण्डीगढी नगरपालिका-१ चारघरेस्थित रानीटार-बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरिएको हो।

गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको थियो। उक्त बोलेरोमा २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ।

यसैगरी, आइतबार राति करिब १०ः२० बजे कटारी नगरपालिका-६ स्थित सागुरी पुलनजिकको जंगलबाट प्रहरीले १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पाँच वटा बोरामा राखिएको गाँजा तिनतलेबाट सिराहातर्फ लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका-२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP