उर्लाबारीमा कारको ठक्करबाट ७८ वर्षीय वृद्धको मृत्यु, वृद्धा घाइते

उर्लाबारीमा कारको ठक्करबाट ७८ वर्षीय वृद्धको मृत्यु, वृद्धा घाइते

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-७ बाघखोरस्थित भित्री सडकमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन्।

सोमबार बिहान ७ः४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १-०१-००२ च २३६७ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उर्लाबारी-७ निवासी ७८ वर्षीय कृष्णबहादुर कार्की गम्भीर घाइते भएका थिए।

ढाड र टाउकोमा चोट लागेका कार्कीलाई सुरुमा अरनिको अस्पताल उर्लाबारीमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही ठाउँकी ८२ वर्षीया रामकुमारी राई पनि घाइते भएकी छन्। उनको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनको अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको कार उर्लाबारी मोबाइल वर्ल्डका सञ्चालक ४१ वर्षीय योगराज कार्कीले चलाएका थिए। प्रहरीले कार चालक कार्की र कारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP