प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको निर्देशन : दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्नुहोस्

प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको निर्देशन : दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरीलाई कुनै पनि दबाब र अनुचित प्रभावमा नपरी इमानदारी, नैतिकता र जवाफदेहिताका साथ काम गर्न निर्देशन दिएका छन्।

सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित नेपाल प्रहरीका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नागरिकले भेदभावरहित र प्रभावकारी प्रहरी सेवा अनुभूत गर्ने गरी काम गर्न आग्रह गरे।

प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका शाहले प्रहरी सेवामा इमानदारिता र नैतिकतालाई पेसागत सफलताको प्रमुख आधारका रूपमा लिनुपर्ने बताए। जिम्मेवारी निर्वाह गर्दा जवाफदेहिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले संगठनको प्रोटोकलविपरीतका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरे।

बदलिँदो समयसँगै अपराधको प्रवृत्तिसमेत परिवर्तन भइरहेको भन्दै प्रधानमन्त्री शाहले अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए। अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको उनको भनाइ थियो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार दीक्षान्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमा आठ महिला र ७१ पुरुष छन्। उनीहरूले ३४० दिनको कठिन आधारभूत तालिम पूरा गरेका हुन्।

समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
एक घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP