नवरात्रको दोस्रो दिन शक्तिपीठमा भक्तजनको घुइँचो, दसैँको चहलपहल बढ्दै

नवरात्रको दोस्रो दिन शक्तिपीठमा भक्तजनको घुइँचो, दसैँको चहलपहल बढ्दै

काठमाडौँ । नवरात्रको दोस्रो दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड बढेको छ। दसैँको अवसरमा राजधानीसहित देशका विभिन्न भागमा रहेका देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्नेको लर्को लागेको हो।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, दक्षिणकाली, बंगलामुखी र टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको चाप बढेको छ। नवरात्रका लागि मन्दिरहरू ध्वजापताकाले सजाइएका छन् भने भजन, मङ्गल धुन र देवी स्तोत्र वाचनले धार्मिक वातावरण बनेको छ।

उपत्यकाबाहिरका पाथीभरा, छिन्नमस्ता, मनकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, उग्रतारा, शैलेश्वरी र बडिमालिकालगायत शक्तिपीठमा पनि भक्तजनको भीड बढ्न थालेको छ। नवरात्रमा शक्तिपीठको दर्शन तथा देवीको आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

दुर्गा पक्षका नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। घटस्थापनादेखि विधिपूर्वक पूजा गरिएको जमरा र दुर्गाको प्रसाद विजयादशमीका दिन मान्यजनबाट टीका लगाएर ग्रहण गर्ने परम्परा छ।

यसैबीच, दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल पनि बढेको छ। काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको संख्या बढ्दै गर्दा सार्वजनिक यातायातमा सहज यात्रा गर्न नपाएको गुनासोसमेत सुनिन थालेको छ। बाढीका कारण विभिन्न जिल्लाका सडक तथा पुलमा परेको असरले यात्रामा थप कठिनाइ हुन सक्ने देखिएको छ।

दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज र सुरक्षित यातायातको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP