याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध किसान पुरस्कृत, १७ करोडभन्दा बढीको कारोबार

याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध किसान पुरस्कृत, १७ करोडभन्दा बढीको कारोबार

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पाफाँटका १५ जना उत्कृष्ट दुग्ध किसान पुरस्कृत भएका छन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। उहाँले एक वर्षमा ८९ हजार १२८ लिटर दूध बिक्री गर्नुभएको थियो।

त्यस्तै, ५१ हजार ८१२ लिटर दूध बिक्री गर्ने काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो हुनुभएको छ।

पुरस्कृत हुने अन्य किसानमा छविलाल घिमिरे, कमला पन्थ, हरिप्रसाद भट्टराई, ओमप्रसाद लामिछाने, इन्दिरा भट्टराई, ऋषिराम भट्टराई, रामनाथ भट्टराई, मुना न्यौपाने, सानुमाया सुनार, टकराज लामिछाने, इन्दिरा घिमिरे र ओमप्रकाश गुरुङ रहेका छन्। पन्ध्रौँ स्थानमा रहनुभएका गुरुङले १८ हजार १८४ लिटर दूध बिक्री गर्नुभएको थियो।

सहकारीले उत्कृष्ट किसानलाई तीन हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरेको जनाएको छ।

पशुपालनका लागि परिचित याम्पाफाँटका किसानले व्यावसायिक दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै आएका छन्। सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी १७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP