चर्चामा
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश भूभागमा ठूलो वा निरन्तर वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
विभागका मौसमविद् डेभिड ढकालका अनुसार हाल देशका धेरैजसो स्थानमा घाम लागिरहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा आंशिक बदली देखिएको छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, प्युठान र रोल्पाका एक-दुई स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा मापन गरिएको छ। तराईका क्षेत्रमा भने वर्षा भएको छैन।
विभागका अनुसार आज सोमबार हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ। तराईमा वर्षाको सम्भावना नरहेको र राति पनि उल्लेख्य वर्षा हुने संकेत नदेखिएको जनाइएको छ।
भोलि र पर्सि पनि मौसमको अवस्था लगभग यस्तै रहने अनुमान छ। हिमाली तथा पहाडी क्षेत्रमा छिटपुट हल्का वर्षा हुन सक्ने भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।
वर्षाजन्य विपद्को जोखिम कम रहेकाले विभागले आगामी तीन दिनका लागि हरियो चेतावनी जारी गरेको जनाइएको छ। यद्यपि स्थानीय मौसममा परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!