चर्चामा
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यसैगरी, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!