चर्चामा
काठमाडौं । यस वर्षको दसैँ अनावश्यक तडकभडक नगरी सचेत र सामान्य रूपमा मनाउन कलाकारहरूले आग्रह गरेका छन्। नेपाल चलचित्र कलाकार संघले आइतबार राजधानीमा आयोजना गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का र आकाश अधिकारीलगायतले प्राकृतिक विपत्ति तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित जनजीवनलाई ध्यानमा राख्दै दसैँ मनाउनुपर्ने धारणा राखे। उनीहरूले यस वर्षको दसैँमा भड्किलो खर्चभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए।
कलाकार मनोज आचार्य र घनश्याम खतिवडाले नेपाली कला, संस्कृति तथा चलचित्रले समाजको जनजीवन प्रतिबिम्बित गर्ने उल्लेख गर्दै नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनीहरूले स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धन गर्न पनि आग्रह गरे।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललगायत चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। सविता कार्की र सम्वृद्धि भण्डारीले दसैँ विशेष नृत्य प्रस्तुत गर्दा गायक आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिका सारिका घिमिरे र अनु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!