चर्चामा
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित मोडनजिक पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा ७ जना घाइते भएका छन्।
सोमबार बिहान काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए। घाइतेमध्ये चालक र सहचालकसहित सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!