चर्चामा
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरेको छ। हवाई माध्यमबाट उद्धार अभियान सञ्चालन गरिनुका साथै स्थलमार्गबाट पनि सेनाको टोली प्रभावित क्षेत्रमा खटिएको छ।
नेपाली सेनाका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले हवाई र स्थल दुवै माध्यमबाट जनशक्ति परिचालन गरिरहेको जनाएको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!