चर्चामा
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन्। मतदाता नामावली पुनरावलोकनका क्रममा ठूलो संख्यामा नाम हटाइएको विषयलाई लिएर विवाद बढेपछि निर्वाचन प्रक्रियाको पारदर्शिताबारे बहस सुरु भएको छ।
प्रदर्शनका क्रममा पक्राउ परेका ‘ककरोच जनता पार्टी’का संस्थापक अभिजित दिप्केसहित तीन नेतालाई अदालतको आदेशपछि रिहा गरिएको छ।आन्दोलनकारीले मतदाता नामावलीबाट नाम हटाउँदा वास्तविक मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने भन्दै प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनीहरूले निर्वाचन प्रमुखको राजीनामा मागसमेत गरेका छन्।
यता, निर्वाचन आयोगले नामावली अद्यावधिक गर्ने प्रक्रिया त्रुटि सच्याउन र दोहोरो नाम हटाउन गरिएको बताउँदै आएको छ। आयोग र सत्तारूढ भारतीय जनता पार्टीले प्रक्रियामा राजनीतिक पक्षपात भएको आरोप अस्वीकार गरेका छन्।
यस विषयमा उठेका आरोप र आयोगको दाबीबीच मतदाता नामावलीको पारदर्शिता तथा निर्वाचन प्रक्रियाको निष्पक्षताबारे बहस जारी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!