बूढीगण्डकी बाढीको जोखिम कायमै, उद्धारमा सेना–प्रहरी परिचालित; सरकारले सार्वजनिक गर्‍यो आपत्कालीन नम्बर

बूढीगण्डकी बाढीको जोखिम कायमै, उद्धारमा सेना–प्रहरी परिचालित; सरकारले सार्वजनिक गर्‍यो आपत्कालीन नम्बर

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई तीव्रता दिइएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ मा नदी थुनिएर आएको बाढीले घर, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सम्बन्धित निकाय परिचालित भएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट गोरखाको जगत क्षेत्रबाट ६ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा राहत सामग्री ढुवानीका लागि थप टोलीसमेत परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

बाढी बूढीगण्डकी नदी हुँदै आरुघाट, धादिङको सल्यानटार र बेनीघाट क्षेत्रसम्म पुगेको विवरण सार्वजनिक भएको छ। नदी किनारका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

बाढीको बहाव फेरि बढ्न सक्ने जोखिम रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। नदीको पानी घटेको देखिए पनि जोखिमयुक्त क्षेत्रमा नफर्कन, बाढी आएको नदी पार गर्ने प्रयास नगर्न र आधिकारिक सूचनालाई मात्र आधार मान्न अनुरोध गरिएको छ।बाढीबाट भएको क्षतिको पूर्ण विवरण तथा थप उद्धार कार्यबारे सम्बन्धित निकायबाट जानकारी संकलन भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, स्वास्थ्य सहायता तथा आपत्कालीन समन्वयका लागि सरकारले विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

- एम्बुलेन्स: १०२

- जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४

- जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०

- सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

- स्वास्थ्य आपत्कालीन सहायता हटलाइन: १११५

- बाढी तथा मौसमसम्बन्धी जानकारी: ११५५

सरकारले सार्वजनिक गरेको विवरणअनुसार एम्बुलेन्स, जिल्ला आपत्कालीन केन्द्र र प्रहरी कार्यालयका नम्बरमा उद्धार तथा सुरक्षा सहयोगका लागि सम्पर्क गर्न सकिन्छ। स्वास्थ्यसम्बन्धी आकस्मिक सहायता आवश्यक परेमा निःशुल्क हटलाइन १११५ मा सम्पर्क गर्न सकिनेछ। बाढी पूर्वसूचना तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरी विकल्प २ चयन गर्न सकिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकपको तयारीमा नेपाली यू–१९ महिला टोली, चीन र भारतमा खेल्ने
13 घण्टा अगाडि

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...

छुटाउनुभयो कि ?

TOP