चर्चामा
नुवाकोट । भदौ १० गतेको बाढीले बेत्रावतीस्थित फलाखु खोलामा रहेका नयाँ र पुराना दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट यातायात सम्बन्ध ४७ दिनपछि पुनः जोडिएको छ।
पुल बगेको स्थानमा नेपाली सेनाले दुई सातामै मोडुलर एक्रो ब्रिज अर्थात् बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो। नयाँ पुल सञ्चालनमा आएसँगै रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० बीच यातायात आवागमन सहज हुने भएको छ।
पुल निर्माण सम्पन्न भएपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत नेपाली सेनाका प्रतिनिधिको उपस्थितिमा पुल सञ्चालनमा ल्याइएको हो।
बाढीले पुल बगाएपछि लामो समयदेखि प्रभावित बनेको यातायात सेवा पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!