घटस्थापनासँगै बडादसैँ सुरु, हनुमानढोकामा राखियो जमरा

घटस्थापनासँगै बडादसैँ सुरु, हनुमानढोकामा राखियो जमरा

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। घटस्थापनाको अवसरमा आज काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा-आराधना गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। यससँगै नौ दिनसम्म नवदुर्गाको पूजा-आराधना गरिने भएकाले घटस्थापनालाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ।

हनुमानढोकाको दसैँघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ। दसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा रहेको छ।

घटस्थापनासँगै नेपाली घरपरिवारमा दसैँको धार्मिक तथा सांस्कृतिक चहलपहल सुरु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP