चर्चामा
मुस्ताङ । दुई सातादेखि सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिएका चीनबाट आयातित सामान बोकेका १७३ वटा कन्टेनर सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन्। ती कन्टेनर पोखरा, काठमाडौंलगायत विभिन्न सहरका लागि प्रस्थान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै कोरलानाकाबाट आयात गरिएका मालवस्तु बोकेका कन्टेनर मुस्ताङबाट बाहिरिन थालेका हुन्।
उनका अनुसार असोज २३ गते साँझ सडक सञ्चालनमा आएपछि पहिलो दिन ८५ वटा कन्टेनर मुस्ताङबाट बाहिरिएका थिए। त्यस्तै, असोज २४ गते थप ८८ वटा कन्टेनर बेनीतर्फ प्रस्थान गरेका थिए। दुई दिनमा गरी १७३ वटा कन्टेनर गन्तव्यतर्फ लागेका हुन्।
थासाङ गाउँपालिका-४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा कन्टेनरसहित ३९१ वटा विभिन्न सवारीसाधन मुस्ताङबाट बाहिरिएका छन्। आइतबार पनि ५० भन्दा बढी सवारीसाधन बाहिरिएको जनाइएको छ।
यसैबीच, सडक अवरुद्ध हुँदा बजार पठाउन समस्या भएको मुस्ताङमा उत्पादित स्याउसमेत बजारतर्फ पठाउन थालिएको छ। चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङका अनुसार सडक सञ्चालनमा आएसँगै स्याउ बजार पठाउने काम सुरु भएको हो।
सडक सञ्चालनमा आएपछि आयातित सामान ढुवानी र स्थानीय कृषि उपज बजार पुर्याउन सहज भएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!