किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन : तेस्रो दिन बन्दसत्र सुरु

किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन : तेस्रो दिन बन्दसत्र सुरु

किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन असोज २३ गतेबाट १ न. प्रेदेशको राजधानि बिराटनगरको बिरेन्द्र सभागृहमा सुरुभएको आज तेस्रो दिन होटेल मनास्लुमा बन्दसत्र सुरुभएको छ। महाधिवेशनमा २ वटा प्रदेश, २४ वटा जिल्ला, २४ वटा विदेश शाखा, १९ वटा भाषिक र ८ वटा भातृ सङ्गठनहरूबाट प्रतिनिधि पर्यवेक्षण सहभागी भएका छन।राईको जनसङ्ख्या करिब ७ लाख रहेको र यो प्रदेशमा करिब ११ प्रतिशत रहेका छन् । उदघाटन सत्रमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा, संस्कृति नेपालको अमूल्य सम्पत्ति रहेको बताउँदै यसको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताए ।

खापुङले संविधानमा उल्लेख भएकै विषयहरू किरात राई यायोक्खाले कार्यान्वयनको लागि माग गरेको बताए । यायोक्खा संविधानले दिएको अधिकार लिन अघि बढ्नुपर्ने र राज्य सरकारले माग पुरा गर्नुपर्नेउनको भनाइ थियो ।नेपालमा यलम्बर, जितेदस्ति लगायत किरात कालीन शासकहरूदेखि नेपालका हरेक परिवर्तनमा राई समुदायको योगदान रहेको प्रदेश प्रमुख खापुङले बताए । कार्यक्रममा पूर्व सङ्घीय सांसद दुर्गा राई, पूर्व अध्यक्षहरू यशोदा राई, दिवस राई, पूर्व उपाध्यक्ष, जनजाति आयोगका सदस्य शरणकुमार राई, यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा वर्तमान आदिवासी जनजाति महासङ्घ अध्यक्ष मेजर योगेस राई लगायतले शुभकामना दिएका थिए ।कार्यक्रममा कलाकारहरू राई नवीन, मेनुका राई र खुसेनिचो राईले विभिन्न गीतहरू गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रम सुरु हुनुअघि रोडषेश चोकबाट विभिन्न चोकहरू परिक्रमा गर्दै नारा जुलुससहित वीरेन्द्रसभा गृह पुगेको थियो 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP