नाना पाटेकरको भाइरल हाँसोको कथा, 'वेलकम' फिल्मको दृश्य चर्चित

नाना पाटेकरको भाइरल हाँसोको कथा, 'वेलकम' फिल्मको दृश्य चर्चित

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको खित्का छाडेर हाँसेको दृश्य सामाजिक सञ्जालमा चर्चित मिम बनेको छ। सन् २००७ मा प्रदर्शनमा आएको कमेडी फिल्म ‘वेलकम’ को उक्त दृश्य अहिले पनि भाइरल छ।

फिल्ममा नाना पाटेकरले उदय शेट्टीको भूमिका निभाएका छन्। अनिल कपुरले मजनु भाइको भूमिकामा व्यवसायी घुँघरु सेठसँग चार करोड रुपैयाँ माग्दा परेश रावलले उल्टै थर्काउने जवाफ दिन्छन्। त्यही जवाफ सुनेपछि नाना पाटेकर हाँसो रोक्न सक्दैनन्।

उनको यही हाँसेको क्लिप अहिले सामाजिक सञ्जालमा रमाइला घटना, मजाक र अप्रत्याशित प्रतिक्रियालाई देखाउन व्यापक रूपमा प्रयोग हुँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP