मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जनाउँदै नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्वाचनअघि कुनै पनि समयमा इरानमाथि आक्रमण नगर्ने बताएका हुन्। यद्यपि, इरानमाथिको नाकाबन्दी भने पूर्ण रूपमा कायम रहने र उसलाई आणविक हतियार प्राप्त गर्न नदिने उनले दोहोर्‍याएका छन्।

ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट एकै रातमा २ करोड २० लाख ब्यारेल तेल ढुवानी भएको दाबीसमेत गरेका छन्।

अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि दुई पक्षबीच तनाव बढेको छ। यसले विश्व ऊर्जा बजार र होर्मुज जलघाँटी हुँदै हुने इन्धन ढुवानीमा समेत प्रभाव पारेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP