सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको वृद्धिसँगै सुनको मूल्य पुनः उकालो लागेको हो।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५३ हजार ५१५ रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७७७ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP