चर्चामा
वीरगञ्ज । नवरात्रको अवसरमा वीरगञ्जमा आगामी आइतबार चुनरी यात्रा आयोजना हुने भएको छ। विश्व हिन्दू परिषद्को आयोजनामा हुन लागेको यात्रामा शक्तिस्वरूपा देवीका आकर्षक झाँकी प्रदर्शन गरिनेछ।
हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिरको प्राङ्गणबाट चुनरी यात्रा सुरु हुनेछ। यात्रामा करिब १० हजार स्थानीय महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
यात्रामा विभिन्न सामाजिक सङ्घसंस्थाको समेत सहभागिता रहने जनाइएको छ। नवरात्रको धार्मिक उत्साहलाई थप उल्लासमय बनाउने उद्देश्यले आयोजना गर्न लागिएको चुनरी यात्राको तयारी प्रायः पूरा भएको आयोजकले जनाएको छ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको यस यात्राले वीरगञ्जमा नवरात्रको रौनक थप बढाउने अपेक्षा गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!