चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशमा मतदान जारी रहँदा कोशीमा २२२, सुदूरपश्चिम र कर्णालीमा कुल २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको जनाइएको छ।
मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।
पहिलो दुई घण्टाको मतदान विवरणले महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता देखाएको छ। मतदान सम्पन्न भएसँगै कांग्रेसको नयाँ नेतृत्व चयन हुने प्रक्रिया अघि बढ्नेछ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!