युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित सम्मेलन काठमाडौंमा सुरु

युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । युवालाई उद्यमशीलतासँग जोड्ने, नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यसहित नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन र रोजगारी सिर्जनाजस्ता विषयलाई प्राथमिकता दिइएको छ।

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरका करिब चार सय उद्यमी, व्यवसायी र सरोकारवालाको सहभागिता रहेको छ।

सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायका अनुसार सम्मेलनमा वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगबारे छलफल हुनेछ। सम्मेलनले बैंक तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको उनले बताए।

त्यस्तै, नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिएका छन्। युवा उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक नीतिगत व्यवस्था, स्टार्टअपका लागि बीउ पुँजी र वित्तीय पहुँच विस्तारलाई उनले महत्वपूर्ण विषयका रूपमा औँल्याएका छन्।

सम्मेलनले युवा उद्यमीमैत्री नीति निर्माण, नयाँ व्यवसायको प्रवर्द्धन, लगानीको वातावरण सुधार तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP