चर्चामा
काठमाडौंमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक व्यक्तिले जेलबाटै भाइ परिचालन गरी सोही मुद्दाकी पीडितलाई ब्ल्याकमेल गरेर १९ लाख ४५ हजार ६ सय रुपैयाँ असुलेको खुलेको छ।
जगन्नाथदेवल कारागारमा रहेका नुमेश वाइवाले भाइ रिजन लामा वाइवामार्फत पीडितलाई फोन गराएर अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम नदिए फेक आइडीमार्फत सामग्री सार्वजनिक गर्ने धम्की दिँदै पटक-पटक रकम असुलिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न १९ वर्षीय रिजनलाई प्रहरीले असोज २१ गते टेकुबाट पक्राउ गरेको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। घटनाका मुख्य योजनाकार नुमेश भने हाल पनि कारागारमै रहेको प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!