बुढानीलकण्ठमा २२ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

बुढानीलकण्ठमा २२ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौंको बुढानीलकण्ठ-चपली क्षेत्रबाट २२ किलो सुन बरामद भएको प्रकरणमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। अपराध अनुसन्धान प्रहरीको टोलीले सुन बरामद गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ परेकाहरूको नाम तथा सुन कसको घरबाट बरामद भएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। यस सम्बन्धमा प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP