पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो !

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो !

पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि ३ जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा घाइते अन्य विद्यार्थीको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरूको पहिचान भने खुल्न बाँकी रहेको र उद्धार कार्य सकिएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। बसमा २५ जना सवार रहेको बताइएको छ, जसमा २१ जना विद्यार्थी थिए। प्रहरीका अनुसार उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए। दुर्घटनामा परेका सबै विद्यार्थी कक्षा १० का रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP