चर्चामा
सडक दुर्घटनामा घाइते भएर छटपटाइरहेका व्यक्तिलाई सहयोग गर्दा उल्टै प्रहरी वा अदालतको झमेलामा परिन्छ कि भन्ने डरले मानिसहरू पछि हट्ने अवस्था अन्त्य गर्ने गरी सरकारले नयाँ कानुनी व्यवस्था ल्याएको छ।
नयाँ व्यवस्थाअनुसार असल नियतले दुर्घटनाका घाइतेलाई उद्धार गरी अस्पताल पुर्याउने वा ज्यान बचाउने प्रयास गर्ने व्यक्तिलाई कानुनी सुरक्षा प्रदान गरिनेछ। उद्धारका क्रममा अनजानमा कुनै क्षति हुन गए पनि असल नियतले गरिएको सहयोगकै कारण उद्धारकर्तालाई सजाय वा कानुनी फन्दामा पारिने छैन।
यस व्यवस्थाले सडक दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न आम नागरिकलाई प्रोत्साहित गर्ने र समयमै उपचार नपाएर हुने मृत्यु घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!